कृष्णपुरले ल्यायाे १ अर्ब १ करोड ११ लाख बराबरकाे बजेट

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-जिल्लाकाे कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार १७औँ नगर सभाबाट आगामी वर्षका  लागि पालिकाले १ अर्ब, १ करोड, ११ लाख, ८२ हजार, बढीको बजेट ल्याएको हाे ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले आगामी आर्थिक वर्षका  लागि बजेटसहित दर्जनौँ नयाँ कार्यक्रम ल्याएको बताए ।

उहाँका अनुसार आन्तरिक स्रोततर्फ ८ करोड, वित्तीय समानिकरण संघीयतर्फ १५ करोड १९लाख, वित्तिय समानिकरण प्रदेशतर्फ एक करोड, ४९लाख १३हजार, राजस्व संघीयतर्फ १५ करोड ३० लाख ९३ हजार, राजस्व बाडफाँड प्रदेशतर्फ ४७ लाख, २१ हजार, सामाजिक सुरक्षातर्फ २५ करोड, सशर्त अनुदानतर्फ  एक करोड  ९६लाख ५५  हजार, समपुरक संघीय अनुदान ८३लाख, समपुरक प्रदेशतर्फ २ करोड १०लाख, विशेष अनुदान संघीयतर्फ चार करोड ५५लाख र विशेष अनुदान प्रदेशतर्फ एक करोड ९६लाख ५५ हजार  गरी  एक अर्ब एक करोड ११ लाख ८२ हजार चार सय ५१रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट  उच्च शिक्षा  छात्रवृति कार्यक्रम संचालन गरिनेछ ।

नगरकाे चाैतर्फि विकासका लागि शिक्षा, स्वास्थ, भाैतिक पुर्वाधारकाे विकास, खेलकेद, नगरका अन्य थुप्रै याेजनाका लागि बढने गरि बजेट ल्याएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *