बेलडाँडी, कञ्चनपुर –कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १७औँ गाउँसभाबाट आगामी वर्षका लागि कुल ५४ करोड ५० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरिएको हो।
पालिकाले दलदल जमिन पुनःउत्पादन कार्यक्रम, उखुखेतीतर्फ प्रोत्साहन, कृषि आत्मनिर्भरता लक्ष्य,बन्यजन्तु–मानव द्वन्द्व न्यूनिकरणतर्फ नयाँ पहल,गौरवका योजना पुनःसञ्चालनमा, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर बजेट ल्याएकाे गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुुर ऐरले बताउनु भयाे।
गाउँपालिकाले पूर्वाधारसँगै सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको बहुआयामिक विकासलाई समेट्ने रणनीति अवलम्बन गर्ने उदेश्यले बजेट ल्याएपनि त्यसकाे सहि कार्यान्वयन गर्नु पर्नेमा जाेड दिनु पर्ने देखिन्छ ।


