बेलाैरीमा २ दिन विद्यालय विदा दिने निर्णय

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर–  पछिल्लाे समय अत्याधिक गर्मी बढन थालेपछि बेलाैरीमा २ दिन विद्यालय विदा दिने निर्णय गरेकाे छ ।  साेमबार बेलाैरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरीद्वारा हस्ताक्षरित एक सुचना जारी गर्दै जेठ २७ र २८ गते दुई दिन नगर भित्रका सामुदायिक तथा निजि विद्यालयहरूमा विदा दिने निर्णय गरेकाे जनाएकाे हाे ।

अत्याधिक गर्मीका कारण विद्यार्थी तथा शिक्षक कर्मचारीकाे स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै बर्षे विदाबाट मिलान हुनेगरी २ दिन विद्यालय विदा दिने नगर प्रमुख स्तरिय निर्णय भएकाे जनाईएकाे छ ।

केही दिन यता अत्याधिक गर्मि बढन थालेपछि कञ्चनपुरकाे जनजिवन प्रभावित बनेकाे छ । विशेष गरी विद्यार्थी, बालवालिकाहरू, मजदुर प्रभावित बनेका छन् । बजारमा मानिसकाे चहल पहल समेत नभएपछि व्यापार व्यवसायमा समेत कमि आएकाे व्यवसायिहरू बताउछन् ।

केही दिनमै मनसुन भित्रीने सम्भावना रहेकाे माैषम विदकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *