कञ्चनपुरका चार पालिकामा सार्वजनिक विदा

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर– कञ्चनपुरका चारवटा पालिकाले (विहिबार) स्थानिय सार्वजनिक विदा दिने निर्णय गरेका छन् । बुधबार एक सुचना जारीगर्दै कञ्चनपुरका बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलाैरी नगरपालिका र पुनर्वास नगरपालिकाले एक दिन भाेलि सार्वजनिक विदा दिने निर्णय गरेकाे हुन।

बेलाैरी नगरपालिका ५ मा रहेकाे श्री नक्टाबाबा (कालेश्वर) मन्दिरमा हरेक बर्षझै जेष्ठ महिनाकाे शुक्ल दशमितिथिमा लाग्दै आएकाे गंगा दशहरा मेलाकाे अवसरमा चार पालिकाले २२ गते एक दिन स्थानिय सार्वजनिक विदा दिने निर्णय गरेका हुन । साे मेलाकाे दर्शन गर्न नेपाल तथा भारतका हजाराै भक्तजनहरूकाे भिड लाग्ने गर्दछ ।

साे क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्दै लैजाने उदेश्य नगरपालिकाकाे रहेकाे बेलाैरीका नगर प्रमुख पाेतिलाल चाैधरीले बताउनु भयाे । उहाले साे क्षेत्रकाे चाैतर्फि विकासका लागि नगरपालिकाले काम गरिरहेकाे समेत बताए ।

उनले सबै नगरवासि जनसमुदायमा गंंगा दशहरा मेलाकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् । यस्तै अन्य पालिका पुनर्वास, लालझाडी र बेलडाँले पनि गंगा दशहराकाे शुभकामना सन्देश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *