बेदकोट ८ मा पुनः जग्गा नापजाँच शुरु, यस बर्ष १ सय १० किसानलाई लालपुर्जा दिने लक्ष्य

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा पुनःऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका ८मा पुन नापजाँच शुरु गरिएको हो ।

बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले यस अघि नापजाँच भएर अन्तिम प्रमाणिकरण गरेर लालपुर्जा वितरणका लागि जग्गा नाप्ने काम भईरहेको बताए ।
‘अहिले अधुरो कार्यकोे पुर्नथालनी भएको छ, ‘उनले भने, ‘जमिन भएर स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउने काम भएको छ ।’ यस अघि गत बर्ष ८३ किसानलाई पुर्जा वितरण गरेको बताउँदै उनले अब लगत्तै ११०किसानलाई लालपुर्जा वितरण गरिने बताए । ‘हामीले हरेक बर्ष पुर्जा वितरण कार्य अघि बढाएका छौँ, झण्डै ६दशकदेखि पुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउँछौँ ।’ चुनावका बेला जनतासंग गरेकोे बाचा अनुरुप बेदकोट ८मा जमिन समस्या समाधानको कामकाज अघि बढेको वडाध्यक्ष जोशीले बताए । ४सय ६९भूमिहिन अव्यवस्थित बसोबासीले फारम भरेका छन ।

भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले गत विगतका अधुरा काम अघि बढाउँदै जनतालाई हातहातमा पुर्जा वितरण गरिने बताए । ‘राजनैतिक अस्थिरताले रोकिएको काम पुन शुरु भएको छ, ‘उनले भने, ‘जमिनको थप प्रमाणिकरण गरेर अघि बढछौँ ।’
बेदकोट नगरका उपप्रमुख तुलसी जोशीले नगरका १०वटै वडाहरुमा भूमिहिन जनतालाई मुस्कान सहितको लालपुर्जा वितरण गरिने बताए । उपप्रमुख जोशीले बेदकोट ८सगै सबै वडाहरुमा जमिन समस्या समाधान गरिने बताए । गत बर्षदेखि लालपुर्जा पाएका किसान यस बर्षपनि पुनःजमिन नापजाँचले आशा पलाएको जनताले आसा गरेका छन । स्थानीय शंकर नाथले ६२ बर्षदेखि जमिनको स्वामित्व नपाएका जनता अब जमिनको मालिक बन्ने विश्वासमा छन ।

‘हामी यहाँ ०१८ सालदेखि बसोबास गर्दै आएका छौँ, अहिलेसम्म लालपुर्जा पाएका छैनौँ, ‘उनले भने, ‘गत बर्ष केही जनतालाई लालपुर्जा पाए अहिले फेरी थप जनताले पाउने भएका छन ।’
भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले जिल्लामा पुनः नापजाँच शुरु भएको बताए । अध्यक्ष पन्तले बेदकोट ८ सहित दोधाराचाँदनी भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र लालझाडीमा नापजाँच शुरु भएको बताए । यस अघि आयोगले गरेका कामकाजको स्वामित्व ग्रहण गर्दै बाँकी काम अघि बढाएर समयमै लालपुर्जा वितरण गरिने बताए ।

अध्यक्ष पन्तले अव्यवस्थित बसोबासीको समस्या समाधान गरेर बाँकी भूमिहिन सुकुमबासीका हकमा समस्या समाधान गरिने बताए । जिल्लाका विभिन्न स्थानमा पुन जग्जा नापजाँच हुन थालेपछि भूमिहिन जनता समेत हर्षित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *