भिमदत्त नगरमा नि:शुल्क शव चिस्यान सेवा

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर -नगरपालिकाले नि:शुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ ।

विशेष गरी अस्पताल वा घरमा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्न उपयुक्त सुविधा नहुँदा मृतकका आफन्तहरूलाई तत्काल अन्तिम संस्कार गर्न बाध्य बनाउने स्थिति रहेकले नगरपालिकाले यस्ताे सेवा सञ्चालनमा ल्याएकाे हाे ।

नगरवासिकाे समस्यालाई ध्यानमा राखेर नि:शुल्क रूपमा शव चिस्यान सेवा संचालन गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।

‘शव चिस्यान सुविधा नभएकै कारण धेरै परिवारहरू हतारमा अन्तिम संस्कार गर्न बाध्य हुँदै आएका छन् । हामी चाहन्छौं, मृत्युको क्षण पनि मर्यादित होस् । विशेष गरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका आफन्तहरू आउन केही दिन लाग्ने अवस्था हुन्छ । यस्तो बेला शव सुरक्षित राख्न सकिने वातावरण बन्नुपर्छ भन्ने महसुस गर्‍यौं ।’ उनले भने ‘ सोहि कुरालाई मध्यनजर गर्दै यो सेवा शुरु गरेका हौं ।’

उनका अनुसार यो सेवाका लागि सामान्य जानकारीसहित पालिकामा सम्पर्क गरेपछि तुरुन्तै सेवा उपलब्ध गराइनेछ ।

यस सेवाबाट विशेष गरी विपन्न, श्रमिक, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा निम्नआय भएका परिवारहरू लाभान्वित हुनेछन् ।

शोकमा परेका परिवारलाई राहत दिनेसँगै, शव व्यवस्थापनको प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउनसमेत यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *