संसद्को अवरोध हटाउन सभामुखको पहल, प्रमुख सचेतक र सचेतकसँग छलफलमा

Uncategorized

काठमाडौंसंसद्को अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहनुभएको छ ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाउनुभएको छ ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् ।

उनीहरुले हिजो संसदमा बजेट पेश गर्न दिए पनि गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *