काठमाण्डाै – आन्तरिक राजस्व विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन गरेकाे छ ।

दर्ता निलम्बन भएका करदाताले कर विवरण पेश गरी कारोबार नियमित गरेपछि निलम्बन हट्ने व्यवस्था छ ।

