कञ्चनपुर, ११ जेठ-राष्ट्रिय शिक्षक सगठन कञ्चनपुरको अध्यक्षमा उत्तम सिह विष्ट निर्वाचित भएका छन । जिल्लाको झलारीमा सम्पन्न भएको नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्ट निर्वाचित भएका हुन ।


विष्टले आफ्नी निकटतम प्रतिस्पर्धी भुवनेश्वरी थापा(रावल)लाई ६९मतको तेब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले १०३ र रावलले ३४मत ल्याएकी थिईन । यस अघि विष्ट निर्वतमान सचिव र रावल उपाध्यक्ष थिईन ।

अन्य पदाधिकारी, सदस्य प्रदेश र केन्द्रीय प्रतिनिधीमा निर्बिरोध निर्वाचित भएका छन । उपाध्यक्ष चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया , सचिव धनञ्जय जोशी , कोषाध्यक्ष छविराज पाण्डेय, सह सचिव गिता रेग्मी , सह कोषाध्यक्ष निर्मला जोशी, सदस्य तर्फ टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट। रुद्र ुकारजोशी, प्रेमसिह भण्डारी, खेमराज जोशी, राम बहादुर कुँवर, दयाकृष्ण जोशी, सत्यराज जोशी, सालिकराम खराल, रामप्रशाद जैसी, मैना पण्डित, लक्ष्मी खडका, दुर्गा विष्ट, चन्द्रदत्त भट्ट, जानकी राना, डिलमाया विक, दिपेन्द्र कुमार चौधरी निर्बिरोध चयन भएका छन ।
प्रदेश प्रतिनिधीमा जगदिश प्रशाद जोशी, वकिल बहादुर बस्नेत, अङकराज चौधरी, अमर बस्नेत, पदम ब. सिह, पुष्पराज ओझा, शंकरसिह विष्ट, केशवदत्त जोशी, पदम ब. साउद, जनक ब. विष्ट, लक्ष्मी ढकाल(धामी), कृष्णदत्त भट्ट, ज्योती जोशी, केवशराज जोशी, कुल ब. खडका, लक्ष्मीदत्त जोशी, दिपक बोहरा, खडक रेग्मी, कृष्णहरी पण्डित निर्बिरोध चयन भएका छन । यस्तै केन्द्रीय प्रतिनिधीमा महेशदत्त भट्ट, चन्द्रलाल चौधरी, बेद प्रकास उपाध्याय पनि निर्बिरोध चयन भएका छन । गजेन्द्र केसीको संयोजत्वमा नवराज पन्त, मन बहादुर केसी सदस्य रहेको लेखा परीक्षण समिति चयन गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका नव अध्यक्ष उत्तम सिह विष्टले आम शिक्षकहरुको हकहितका साथै सर्वजिक शिक्षाको सुधारका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । दुई दशकदेखि शिक्षण पेशामा रहेका विष्टले आफुलाई शिक्षक साथिभाईहरुले गरेको विश्वास अनुरुप जिल्लाको शैक्षिक विकृती बिरुद्धमा संघर्षका साथै सार्वजनिक शिक्षा सुधारका क्षेत्रमा काम गर्ने उद्घोष गरेका छन ।

