कञ्चनपुर-सुक्खा बन्दरगाह निर्माण स्थल कञ्चनपुरको दोधाराचाँदनीमा छपान भएका रुख गायब पारिएका छन । ४२हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माणका लागि दोधाराचाँदनी नगरपालिका १ चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा छपान गरिएका १सय ९रुख गायब पारिएका हुन ।

गत बर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई पटक छपान गरेको थियो । उतिबेला छपान गर्दा गणना भएका रुख कटान अघि नै गायब भएको निकुञ्जले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सरक्षण अधिकृत समेत रहेका सुचना अधिकारी पुरुषोत्तम बाग्लेले सुख्खा बन्दरगाह निर्माणका लागि गत बर्ष भदौँ र माघ अघि जिपिएस माध्यामबाट छपान गरिएका रुख कटान आदेश अघि नभेटिएको बताए । पुरुषोत्तम बाग्लेले सुख्खा बन्दरगाह निर्माणका लागि गत बर्ष भदौँ र माघ अघि जिपिएस माध्यामबाट छपान गरिएका रुख कटान आदेश अघि नभेटिएको बताए ।
सुचना अधिकारी बाग्लेले छपानका क्रममा १ हजार ७ सय २ रुख कटान गनुर््पर्ने देखिएपनि अहिले कटान अघि १ हजार ५ सय ९३ रुख मात्रै भेटिएको बताए । सुचना अधिकारी बाग्लेका अनुसार ४०रुख र ६९पोल गायब पारिएका छन ।
‘छपानका क्रममा भेटिएका रुख कटानी आदेश अघि नभेटिएपछी हामीले सम्बन्धीत वनलाई स्पष्टीकरण सोधेका थियौँ, ‘उनले भने, ‘बनबाट सीमा क्षेत्र भएकाले चोरी तस्करी, नजिकै मसान घाट भएकाले अन्त्येष्टीका लागि सुकेका रुख लगेको हुनसक्ने र बन्यजन्तुको समेत मुभमेन्ट हुँदा रातीका बेला गस्ती गर्न नसकिएको अवस्थामा चोरीतस्करी भएको हुनसक्ने जवाफ दिएको थियो ।’
उक्त सामुदायिक वनकै दुई पटक गरेर ९२क्युफिट काठ सहित तीन मानिसमाथि निकुञ्जले कार्बाही अघि बढाएको बताउँदै सुचना अधिकारी बाग्लेले अरु काठ तस्करमाथि पनि कार्बाही हुने बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त सामुदायिक वनमा यसरी छपान गरिएका काठ गायब पारिएपछि जनता समेत हैरान भएका छन । स्थानीय नरेन्द्र लुहारले देशकै ठुलो संचालित हुने योजनामा सयौँ डाडै रुख गायब गर्ने कार्य मिलोमतोमा मात्रै हुनसक्ने भएकाले यसको विस्तृत छानबिनको माग अघि सारेका छन । काठ तस्करीका दौरानमा पक्राउ परेका भरियालाई मात्रै पक्राउ गरेर केही नहुने र वास्तविक योजनाकारमाथि कार्बाही गर्नुपर्ने बताए ।
गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले गत बर्ष निकुञ्जले नै जिपिएर विधीबाट छपान गरेको र अहिले निकुञ्जले नै छपानका बेला भेटिएका रुख कम भएकाले भनिएको छ, भन्दै आफुहरु अचम्मित भएको बताए । ‘निकुञ्जले एक बर्ष अघि आफैले छपान ग¥यो, अहिले आएर आफैले रुख गायब छन भन्दैछन, नजिकै सशस्त्र प्रहरीको बिओपी छ, हामीले पनि नियमित गस्ती गरिहेका थियौँ ।’
सामुदायिक वनबाट रुख गायब गर्नमा आफुहरुको कुनैपनि कमिकमजोरी बदमासी नभएको अध्यक्ष भट्टको दावि छ । देशकै गौरबको योजना संचालन अघि रुख नै गायब भएको भन्दै दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बु पनि सन्तुष्ट छैनन । योजना शुरुवात अघि नै काचै रुख गायब भएको विषयमा वास्तविक छानबिन गर्नुपर्ने मेयरको भनाई छ । स्थानीयले सय भन्दा बढि रुख चोरीतस्करी एव गायब गर्ने कार्यको छानबिन गरे मात्रै बाँकी रुख कटानी गर्नुपर्ने बताईरहेका छन । रुख नकाटिदै गायब भए काटिएका रुखको काठ पनि यस्तै अनियमितता हुने स्थानीयको आशंका गरिरहेका छन ।
नेपाल इन्टरमोडेल यातायात विकास समितिले क्षेत्र खाली गराउन गत बैशाखदेखि रुख कटानी शुरु गरेको थियो । सुक्खा बन्दरगाह निर्माणका लागि १८ जेठ ०८० मा तत्कालीन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग समझदारी भएको थियो । भारतले नै एकीकृत चेकजाँच चौकीसमेत निर्माण गरिदिने समझदारी छ । भारतले आफ्नोतर्फ आइसिपीको संरचना निर्माण गरिसकेको छ । ०६४ मा तत्कालीन् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका पालामा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारिएको थियो । त्यसपछि सरकारले ०६६ मा बन्दरगाह बनाउने निर्णय गरेको थियो ।
सुरुवातमा दोधारा–चाँदनी– ७, कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँका स्थानीयबिच विवाद भएपछि चाँदनी– १ मा सारिएको हो । १८ बर्षपछि सुक्खा बन्दरगाहको काम अघि बढेपछि स्थानीय समेत हर्षित भएका छन ।

