अमेरिकाले एमसीसी परियोजना बन्द गर्दै, नेपालमा सञ्चालित काम पनि रोकिने

मुख्य खवर राजनीति विशेष समाचार

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यको अनुदान सहयोग कार्यक्रम एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले बन्दका लागि प्रक्रिया अगाडि बढाएको हो ।

एमसीसीका कर्मचारीलाई इमेलमार्फत यसबारेमा सूचित गरिएको र उनीहरूलाई ‘मे’ ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज  डब्ल्यू बुसले सन् २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय प्रक्रियामा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत परेको हो ।

एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गतका काम पनि रोकिने छन् । नेपालमा गएको २०८० भदौदेखि एमसीसी परियोजना कार्यान्वयनमा आएको थियो । नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

एमसीसीले विकासशील देशसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता महत्त्वपूर्ण पूर्वाधारमा लगानी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *