महेन्द्रनगर -कञ्चनपुरका प्रहरी प्रबक्ता (डीएसपी) जाेशीको सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय प्रशिक्षण व्यवस्थापन शाखा जर्गाह पश्चिम नवलपरासी सरुवा भएको हो।
उनीसंगै नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।
हाल डिएसपि जाेशीलाई नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवाल नक्साल काठमाडौंमा काजमा खटाएको छ। कञ्चनपुर जिल्लाको डीएसपीको जिम्मेवारी रूपमा सागर बोहराले पाएका छन् ।
बाेहरा ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा कार्यरत थिए।
डिएसपि जाेशीले जिल्ला प्रहरी कार्यालयमा करिब एक बर्ष बढि सयम सफल रूपमा बिताएका थिए ।


