बेलडाँडीका राना जलेको अवस्थामा मृत फेला

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- जिल्लाकाे बेलडाँडीका एक जनाकाे मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका वडा नम्बर ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन ।

राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपि चक्रराज जाेशीले जानकारी दिनु भयाे ।

राना गाई भैंसी पालन किसान हुन । बिहान घरमा गाईभैसीलाई आहारा हालेर मोटरसाईकल चढेर कलकत्ता बजार निस्किएका राना मृत्यु भेटिएका हुन ।

एसपि जाेशीका अनुसार ‘सडक छेउमै भुसा जलेकाे र संगै मोटरसाईकल समेत जलेर पूर्ण नष्ट भएको छ, शव पनि जलेको बताए ।´

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले रानाको मृत्यु घटनाको अनुसन्धान शुरु भएको बताए । एसपी जोशी आफै घटना स्थल पुगेर घटना स्थल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *