बेलाैरीमा बृहत शाेभा यात्रा

मुख्य खवर राजनीति विशेष समाचार

बेलाैरी/निरू चाैधरी-श्री हनुमान जन्मोत्सवको अवसरमा कञ्चनपुरको बेलौरी–४ रिछाहा (बालाजी धाम) मा विश्व हिन्दू परिषद् बेलौरी नगर समितिको आयोजनामा शोभा यात्रा सम्पन्न भएको छ।

शनिबार बिहान राधाकृष्ण मन्दिरबाट सुरु भएको यात्रामा भजन, सुन्दरकाण्ड पाठ, धार्मिक झाँकी र बाजागाजासहित नगर परिक्रमा गरि शाेभायात्रा सम्पन्न भएको हाे।

भक्तजन, महिला समूह, बालबालिका र विभिन्न समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम संयोजक विजया लक्ष्मी श्रेष्ठले भनिन्, “महिलाको नेतृत्वमा बनेका झाँकी र भजन मण्डलीले कार्यक्रमलाई विशेष बनायो। हाम्रो सांस्कृतिक कर्तव्यप्रति सबै सक्रिय देखिनु प्रेरणादायी हो।”

विश्व हिन्दू परिषद् संगठन सचिव धनुषधारी पाण्डेयले शोभा यात्राले धार्मिक भावना र सामाजिक एकता मजबुत बनाएको बताए। “यस्ता कार्यक्रमहरू युवापुस्तालाई संस्कृति र संस्कारसँग जोड्न सशक्त माध्यम हुन्,” उनले भने।

बेलौरी नगर अध्यक्ष राजु चौधरीले भने, “बेलौरीलाई धार्मिक पर्यटक गन्तव्य बनाउने हाम्रो अभियानमा यो शोभा यात्रा एउटा महत्वपूर्ण कदम हो।”

कार्यक्रमपछि बालाजी धाम परिसरमा जलपान तथा प्रसाद वितरण गरिएको थियोे। भने शनिबार बेलुकी  विविध भक्तिमय भजन कृतन कार्यक्रमकाे समेत तय गरिएको आयाेजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *