कञ्चनपुरमा गरगहना चोर्ने, किन्ने दुवै समुह प्रहरीको फन्दामा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/महेन्द्रनगर-सुनचाँदनीका बहुमुल्य गरगहना चोर्ने गिरोह र खरिद गर्ने व्यवसायी फन्दामा परेका छन । कञ्चनपुर भीमदत्त नगरको एक घरबाट सुनका गरगहना चोरी गर्नेदेखि किन्न सुन व्यवसायी फन्दामा परेका हुन ।
१२ चैत्रमा भीमदत्त नगरपालिका ७हल्दुखालका केशवसिह महराको घरबाट सुन चोरेर महेन्द्रनगरको निङलानैशी सुनचाँदी पसलमा बिक्रि गर्ने दुवै समुह कानुनी दायरमा आएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हल्दुखालका महराको घरबाट सुनका ९प्रकृतिका गरगहना चोर्ने चार जना र खरिद गर्ने दुई सुनचाँदी व्यवसायी पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार सुन चोर्नेमा भीमदत्त नगरपालिका ६ऐठपुरका राहुल चन्द, अमित खत्री,चक्र सुनार, महेन्द्र नायक पक्राउ परेका छन ।भने, खरिद गर्नेमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर निङलाशैनी सुनचाँदी पसलका संचालक श्रीमान श्रीमतीद्वय नविन पौडेल, ईसा पौडेल पक्राउ परेका छन ।

उनीहरुको साथबाट सुनको छडके तिलहरी,मगलसुत्र,औठी, काँटाथान,नागिन माला, चन्द्रमा,ग्लोबन्द, झुक्मा र चाँदनीको औठी बरामद भएको छ । चारै जनाले चोरेका सुनचाँदनीका गरगहना निङलानैशी सुनचाँदी पसलमा बिक्रि गरेका थिए ।
पक्राउ परेका ६जनाको जिल्ला आदलतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । उनीहरु बिरुद्ध चोरी मुद्दा लगाउने प्रहरीले तयारी गरेको छ ।

यसैविच मोटरसाईकल चोर्ने तीन युवक समेत पक्राउ परेका छन । २६फागुन ०८१ मा बेदकोट नगरपालिका ५ का महेश डगौराको म१प १९०५ नम्बरको मोटरसाईकल चोर्ने बेदकोट ७का योगेन्द्र बोहरा, बिनोद खडका र ईस्कर बोहरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ । कञ्चनपुर प्रहरीले मोटरसाईकलदेखि सुनचाँदनी गरगहना चोर्ने गिरोहमाथि डण्डा बजाएको छ ।

बरामद गरगहना

Leave a Reply

Your email address will not be published. Required fields are marked *