कञ्चनपुर-१५ चैत्र शुक्रबार काठमाण्डौँमा भएको राजावादी आन्दोलनमा आगोमा जलाईएका पत्रकार सुरेश रजक, घाईते पत्रकार र संचारगृहमाथि तोडफोड गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले राजावादी आन्दोलनमा आगोमा जलाईएका पत्रकार सुरेश रजक, घाईते पत्रकार र संचारगृहमाथि तोडफोड गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको हो ।

सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै मृतक परिवारलाई न्याय, घाईते पत्रकारको उपचार एव संचारगृहमाथि तोडफोड गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ ।
घाईते पत्रकार दिनेश गौतम, फोटो पत्रकार निराज तामाङ्गको म्यामेरा हराएको हुँदा घाईतेको उपचार र क्यामेरा खोजि गर्नुपर्ने, कान्तिपुर, अन्नपूर्ण र हिमालय टेलिभिजन, पत्रिकाको कार्यालय साधनमाथि तोडफोड गर्ने गिरोहलाई कार्बाही गर्नुपर्ने माग अघि सारेका छन । राजावादी आन्दोलनमा पत्रकारको हत्या, कुटपिट, लुटपाटदेखि संचारगृहमा आगजनी, तोडफोड गर्ने कार्य निन्दनिय भएको भन्दै भत्र्सना जाहेर गरेका छन ।
पत्रकार महासंघ कञ्चनपुरका शाखा सचिव कुन्दन पाण्डेयले ध्यानाकर्षण बाचन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले प्रमुख जिल्ला अधिकारी सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषि उपर कार्बाही हुनुपर्ने बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका छन ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ सापकोटाले जिल्ला महासंघले बुझाएको ज्ञापन गृह र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । राजावादी आन्दोलनमा यस पटक पत्रकार, संचार गृहदेखि निजी घर, सार्वजनिक सम्पती तोडफोड, लुटपाट चोरी, हिन्सात्मक आन्दोलन भएपनि नागरिक राजा ल्याउ भनेर सडकमा कराउनेमाथि झन शसङकित भएका छन ।
ज्ञापन पत्र


