अनमोल पोस्टका निर्देशक ‘राष्ट्रिय डिजिटल मिडिया प्रोत्साहन अर्वाड’द्धारा सम्मानित

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-अनमोलपोस्ट डटकमका प्रबन्ध निर्देशक केपी अनमोललाई यसबर्षको ‘राष्ट्रिय डिजिटल मिडिया प्रोत्साहन अर्वाड’ बाट सम्मान गरिएको छ । काठमाडौंमा बुधबार सम्पन्न न्यूज एक्सप्रेस मिडिया प्रालिद्धारा आयोजित ‘दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१’ मा निर्देशक अनमोललाई अर्वाडसहित सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, अतिथि रास्वपा सांसद गणेश पराजुली, न्यूज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले संयुक्त रुपमा निर्देशक अनमोललाई अवार्डसहित सम्मान गरेका थिए ।

प्रबन्ध निर्देशक अनमोल बिगत १८ बर्षदेखि स्थानिय रेडियो, पत्रपत्रिका, राष्ट्रिय टेलिभिजन हुँदै अनलाइन मिडियामा सकृय पत्रकारिता गर्दै आएका छन् । उनले विदेशमा गएर समेत सामुदाय केन्द्रिय पत्रकारिताका बिषयमा आफ्ना ज्ञान र अनुभव आदानप्रदान गरेका छन् ।  पत्रकार अनमोलले सामाजिक विभेद, मानवअधिकार, सुशासन र राजनीतिक क्षेत्रमा कमल चलाउँदै आएका छन् । उनकाे घर कञ्चनपुरकाे लालझाँडी गाउपालिकामा हाे । उनी लामाे समय देखि काठमाडौमा पत्रकारिता गर्दछन् ।

दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट यसबर्ष डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ। गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाईफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गगरिएको समेत अध्यक्ष परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *