रमेश प्रशाद भट्ट/कञ्चनपुर- देशमा रोजगारी नपाएपछी गुजारा चलाउन भारत पस्न लागेका सुदूरपश्चिम प्रदेशका एक युवक विचबाटैमा अस्थाएका छन ।

रोजगारीका लागि भारत जानका लागि एक साता अघि बैतडीदेखि कञ्चनपुर पुगेका युवक विच बाटैमा अस्थाएका हुन । घरदेखि रोजगारीको गन्तव्यमै नपुग्दा शिवनाथ गाँउपालिका ५ बैतडीका ४० बर्षिया सुन्दर साउदको ट्रकले च्यापेर मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका ९(ख) गाँउमा सुपप्र ०१००क ५९१ नम्बरको ट्रकले सडकमा पैदल हिडिरहेका शिवनाथ गाँउपालिका ५का ४० बर्षिया सुन्दर साउदको मृत्यु भएको भएको हो । साउद केही दिन अघि बैतडीदेखि पुर्नवासका आफन्त डम्बर साउदको घरमा आएका थिए । ‘सुन्दर साउद भारत जानका लागि मेरै घर आएका थिए, ‘उनले भने, ‘चालकको लार्पबाहीले पैदल हिडिरहेका मान्छेमाथि ठक्कर दिए, घटनाको निष्पक्ष छानबिन हुनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले ट्रकको ठक्करले युवकको घटना स्थलमै ज्यान गएको बताए । एसपी जोशीले चालक पिताम्बर कलौनी र ट्रक प्रहरी नियन्त्रमा लिएर घटनाको अनुसन्धान अघि बढाएको बताए ।
चुनावका बेला दल, तिनका नेता कार्यकर्ताहरुले स्वदेशमै रोजगारी दिने आश्वासन दिएपनि चुनावपछि रोजगारी नदिएपछि युवाहरु विचबाटैमा अस्थाएका छन ।

