रमेश प्रशाद भट्ट/कञ्चनपुर- विगत १८ महिनादेखि हमास समुहको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईको लागि परिवारले सरकारसंग फेरी गुहार गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकाे पाँचाै दीक्षान्त समारोहका लागि आइतबार महेन्द्रनगर आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपिन जोशीको रिहाईका लागि घर परिवारले सरकारसंग फेरी गुहार गरेका हुन ।
सुप विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टीकापुरमा अध्ययनरत विपिन जोशी २० असोज ०८० देखि हमास समुहको नियन्त्रणमा छन ।
प्रधानमन्त्री ओली विपिनकाे गृहजिल्ला कञ्चनपुर आएका बेला विपिनका बाबु महानन्द जोशी सहित उनकी आमा दाजु, बहिनीले प्रधानमन्त्री ओली भेट्न कार्यक्रम स्थलमै पुगेका थिए ।

भेटमा विपिनका बाबु महानन्द जोशीले छोराको रिहाईका लागि फेरी प्रधानमन्त्री ओलीसंग आग्रह गरेका थिए । ‘हाम्रो घर परिवारले यस अघि पनि काठमाण्डौँमा प्रधानमन्त्री ओलीसंग विपिनको रिहाईका लागि माग अघि सारेका थियौँ, ‘उनले भने, ‘अहिले पनि माग दोहोर्याए, जवाफमा प्रधानमन्त्रीले रिहाईका लागि आश्वासन दिएका छन ।’
ईजरायल र प्यालेष्टाईनविच पटक पटक युद्धबिराम भएपनि नेपाली विद्यार्थी विद्यार्थी नछुटेपछि घर परिवार झन चिन्तित बन्दै गएका छन ।
विपिनको रिहाईका लागि जिल्लादेखि केन्द्रसम्मका जनप्रतिनिधी सरकारसंग पटक पटक आग्रह गरेपछि सबैतिरबाट आवश्वासन आउने तर, विपिन रिहा नहुने भएपछि घर परिवार झन चिन्तित भएका छन ।

