सुदुरपश्चिम प्रदेश स्तरिय कराते छनौट प्रतियोगिता महेन्द्रनगरमा

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि सुदूरपश्चिम प्रदेश स्तरिय कराते छनौटका प्रतियोगिता महेन्द्रनगरमा सम्पन्न भएको छ । सोमबार देखि कञ्चनपुरको यहि माघ २९ देखि ३० गते सम्म महेन्द्रनगरको कबर्डहलमा जारी महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

सुर्खेतमा हुन गईरहेको १० औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने गरी ९ वटा जिल्लाका २९ जना महिला तथा पुरुषको कराते टिम तयारी तिव्र रुपमा अघि बढेको अन्तराष्ट्रिय रेफ्री प्रकाश चन्दले बताएका छन ।

सुदूरपश्चिमका ९ वटा जिल्लाबाट करिब २ सय ६० जना बढीबाट सबै जसो डोजो छनौट गर्ने काम भईरहेको र प्रत्येक जिल्लाबाट एक एक टिम तयार हुने संगै अहिले सम्म कैलालीले १३ स्वर्ण पदक, डडेल्धुराले र्दुइ स्वर्ण, कञ्चनपुरले तिन स्वर्ण र दार्चुलाले १ स्वर्ण पदक हासिल गरीसकेको छ, भने बाकि दुई वटा स्वर्णको लागी खेलाडीबीच भिड्ने काम भईरहेको चन्दले बताएका छन ।

तराईमा खेलाडिहरुको लागि स्तरीय खेल सामाग्री केहि मात्रामा भएपनि पहाडी क्षेत्रबाट खेल्ने खेलाडिहरुको लागि राम्रो खेल रामग्री नभएको चन्दको गुनासो रहेको छ । स्थानिय तथा प्रदेश सरकारले यस बिषयमा गम्भीर भएर लाग्नु पर्ने बताउदै खेलाडीहरुले खेल खेल्ने र पदक हासिल गर्ने देखि लिएर पछि पनि उनीहरुको लागि खेल क्षेत्रमा हौसला प्रदान हुने खालको बातावरण नभएको र सरकारले प्राथमिकताका साथ यस क्षेत्रको बिकासको लागि खेलाडिको भबिष्य सुनिश्चिता तथा उनीहरुको आत्म बल बढाउनको लागि राम्रो योजनाको साथ अघि सरेपछि अझै राम्रो नतिजा ल्याउन सकिने सितोरियो कराते महासंघ कञ्चनपुरका अध्यक्ष सुरोज बैजले बताउनु भयो ।

यस्तै नेपाल कराते महासंघ रेफ्रि समिटिका संयोजक ओमराज गिरीले आफ्नो टिमबाट कुनैपछि प्रकारको बिवाद उत्पन्न नहोस भन्नको लागि समय समयमा रेफ्रि टिमलाई सहजताको प्रशिक्षण दिई रहेको र यस खेल अवधिभर आफ्नो टिमको पूर्ण जिम्मेवारी लिएर खेल सफल बनाउन लागि रहेको बताएका छन ।

यसैगरी सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले ’स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल’ अनुरुप अघि बढिरहेको खेलकुदलाई राज्यले जुन हिसावले अघि बढाउनु पर्ने हो त्यसमा सरकार चुकेको बताउदै यस क्षेत्रमा सरकारले बिशेष ध्यान दिनुपर्ने कुरामा जोड्दिदै खेलक्षेत्रमा बिज्ञ टिम नभएर हतारोमा खेलकुद जस्तो सम्बेदनशिल राष्ट्रको पहिचान दिलाउन सक्ने क्षेत्रलाई गम्भीरतापूर्वक नलिएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *