महेन्द्रनगर-सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालयले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ ।
विश्वविद्यालयले आज देखि सम्मेलनको आयोजना गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन यही माघ २५,२६ र २७ गते तीन दिन सम्म गरिने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । जसका लागि तयारी पूरा भएको सम्मेलनक संयोजक ईन्जिनियरिङ संकायका डिन किशनदत्त भट्टले जानकारी दिनुभयाे ।
नेपालमा भएका अनुसन्धान, विकास र परिवर्तन सम्बन्धमा विशेष तह विभिन्न आठ ओटा विषय सम्मेलनमा समावेश गरिएको डा. भट्टले जनाए ।
जसमा सामाजिक धारणा, योजना, विकास, कला र सस्कृती लगायतका विषयहरुको अनुसन्धानमा सहभागीताका लागि आह्वान गरिएको थियो ।
जसमध्ये छनौटमा परेका विषयहरुलाई सम्मेलन मार्फत तीन ओटा हलमा संचालन गरिने जनाइएको छ । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न १३ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
“सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, भट्टले भने, “यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।”

