सशस्त्र प्रहरी श्री न.३५ गण शैलेश्वरीले मनायाे २४औ सशस्त्र प्रहरी दिवस

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे झलारीमा रहेकाे सशस्त्र बल नेपाल श्री न.३५ गण हे.क्वा. शैलेश्वरीले २४ औ सशस्त्र प्रहरी दिवस भव्य रूपमा मनाएकाे छ । बुधबार एक भव्य समारोहका विच शैलेश्वरी गण झलारीमा सशस्त्र प्रहरी बलले २४ औ स्थापना दिवस मनाएको हाे ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख जिल्लाका विभिन्न सरकारी कार्यलयका प्रमुख, सुरक्षा सयन्त्रका प्रमुख तथा  जनप्रतिनिधिहरूको सहभागितामा सशस्त्र प्रहरीकाे २४ औ स्थापना दिवस मनाईएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि बोहोराले सशस्त्र प्रहरीले शान्ति सुरक्षाका सवालमा उल्लेख्य भुमिका निर्वाह गर्न सफल भएकाे बताउनु भयाे ।

उनले भने “सशस्त्र प्रहरीले सिमा सुरक्षा देखिन देशकाे शान्ति सुरक्षा र सुव्यवस्थामा निकै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे उल्लेख गर्दै समय अनुसार संगठनलाई अझै शसक्त रूपमा अघि बढाउनु पर्नेमा जाेड दिनुभयाे ।”

`सशस्त्र र नागरिक विचकाे सम्बन्धलाई पनि थप नजिक गर्न सक्याे त्यतिनै नागरिकमैत्री सुरक्षामा सुधार हुने भएकाले त्यस तरणफ समेत संगठनले आगामी दिनमा ध्यान दिने विश्वास प्रमुख अतिथि बाेहराले व्यक्त गरे ।´

उहाँले सशस्त्र प्रहरी संगठनमा रहेर कर्तव्य पालनाका सिलसिलामा सहादत प्राप्त गरेका  प्रहरीहरूमा श्रद्धाञ्जली समेत व्यक्त गदै २४ औ स्थापना दिवसकाे शुभकामना व्यकत गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकाेटाले देशकाे शान्ति, सुरक्षाका क्षेेेत्रमा सशस्त्र प्रहरीले पुर्याएकाे भुमिकाकाे उच्च प्रशंसा व्यक्त गर्द‌ै स्थापना दिवसकाे शुभकामना दिनु भएकाे थियाे ।

यस्तै जनप्रतिनिधिहरूकाे तर्फबाट बाेल्दै शुक्लाफाटा नगरपालिकाका मेयर रण बहादुर महराले राज्यले राष्ट्र सेवक कर्मचारीकाे सेवा सुविधामा सुधार गर्नु पर्ने धारणा राखेका थिए । उनले भने “नागरिककाे सुरक्षामा अहाेरात्र खिटिने सुरक्षा निकायका कर्मचारीलाई र सहिद परिवारलाई उचित सम्मान गर्न नसकेकाे बताए ।”

देश संकटकाे घढिमा स्थापना भएकाे संगठनले हरेक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे विषयमा प्रशंसा गर्दै स्थापना दिवसकाे शुभकामना समेेत व्यक्त गर्नु भयाे ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका प्रमुख सशस्त्र  प्रहरी उपरीक्षक खगेन्द्र चन्दले संगठनले दिएकाे जिम्मेवारीलाई गण परिवारले कर्तव्य निष्ठ ढंगले निर्वाह गरेकाे बताए । उनले भने “हामिले गएकाे एक बर्षमा मात्रै सिमा क्षेत्रमा हुने भन्सार चाेरी, तस्करी विरूद्व चलाएकाे अभियानमा जिल्लाभरमा  ९ करोड भन्दा बढि  भन्सार छली गरी ल्याइएको अवैध समान बरामद गरी भन्सार कार्यालय गड्डाचा‌की बुझाएको बताए ।”

दिवसकाे अवसरमा सेवा निवृत सशस्त्र प्रहरी कर्मचारी, विभिन्न विधाका खेलमा विजेता, सहिद परिवार, उकृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई नगद तथा प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा सशस्त्र प्रहरीका कर्मचारीले विभिन्न सांस्कृतिक नृत्य समेत देखाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *