महेन्द्रनगर -कञ्चनपुरको भीमदत्त नगरपालिकाले अवैध संरचना हटाउने नाममा विभेद गरेको भन्दै यस अघि नगरपालिकाले विस्थापित गरेका विभिन्न समितिले स्थानिय सरकारले गरिरहेकाे समाजिक अन्याय प्रति आपत्ती जनाउदै आन्दाेलन गर्ने चेतावनी दिएका छन् ।
यस अघि नगरपालिकाले सार्वजनिक सम्पतिमा बनेका संरचना हटाउने अभियानमा विस्थापित बनेका खोका छाप्रा उद्दार समिति, बाल मन्दिर संघर्ष समिति र खाध्यान्न व्यवस्थापन व्यापार कम्पनि संघर्ष समितिले राजनैतिक आस्थाका आधारमा केहिलाई हटाएकाे ठाउमै व्यवस्थापन गर्ने भिमदत्त नगरपालिकाकाे याेजना विरूद्व आपत्ती प्रकट गर्दे आन्दाेलनमा उत्रने चेतावनी दिएका छन् ।

तिनवटै संघर्ष समितिले फरक फरक विज्ञप्ति जारी गर्दै स्थानिय सरकार भिमदत्त नगरपालिकाकाे कार्य प्रती आक्राेशीत बनेका हुन ।
उनीहरूले महेन्द्रनगर बजारकाे मदन चाेकमा मापदण्ड विपरीत २२ वटा सटर पुन: निर्माण गर्ने नगरपालिकाकाे याेजना प्रती आपत्ती जनाएका छन् ।
खाेका छाप्रा संघर्ष समितिका अध्यक्ष देवल सिंह विष्ट, बाल मन्दिर संघर्ष समितिका अध्यक्ष डम्मर खडका र खाध्यान्न व्यापार कम्पनी लिमिटेड संघर्ष समितिका अध्यक्ष शेर सिह कुवँरले विज्ञप्ति जारी गर्दै पहुँचवाला व्यवसायीलाई मात्र होइन हामीलाई पनि उचित व्यवस्थापन हुनुपर्ने माग अघि सारेका छन्। उनीहरूले स्थानिय सरकारले पक्षपति व्यवहार गरे कडा आन्दाेलनमा उत्रने चेतावनी दिएका छन् ।
विज्ञप्ति


