दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने

मुख्य खवर राजनीति विशेष समाचार

बिकाश सिंह महता/महेन्द्रनगर-खेलकुद विकासलाई मध्यनजर गर्दै साउदी अरबमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।

मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् । उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुने छ।

प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल,दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *