बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र युवा समाजकाे आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी/कञ्चनपुर -बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजको सहकार्यमा सोमबार ‘पौष १५ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

सुदूरपश्चिमेलीहरूको विशेष पर्व पुस १५ काे अवसर पारेर बेलडाँडी गाउँपालिका वडा नम्बर २ चवन्नी बजारकाे मैदानमा एक विशेष सांस्कृतिक कार्यक्रम माझ बेजाेड साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे आयोजकले जनाएकाे हाे ।

बेलडाँडीकाे साँस्कृतिक र पर्यटन प्रवर्द्धन गर्दै मौलिक पहिचान झल्किने संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष गोकर्ण जोशीले जानकारी बताउनु भयाे ।

उहाँका अनुसार `आगामी दिनहरूमा पनि यस्तै चरनात्मक कार्यक्रमहरूकाे समितिले आयोजना गर्दै जाने र बेलडाँडीकाे नाम सबै ठाउँमा पुर्याई पर्या-पर्यटन र बेलडाँँडी भित्र लुकेर रहेका कलाकाे पहिचान गरान लाग्ने बताए ।´

कार्यक्रममा स्थानिय स्तरका विभिन्न कलाकारले आ-आफ्नाे साँगितिक प्रस्तुति राखेका थिए ।

बेलडाँडीका ज्येष्ठ नागरिक कल्याण शाहबाट उद्घाटन गरिएको कार्यक्रममा, विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सर्व-साधारणहरूको उल्लेख्य उपस्थितिका विचमा बेजाेड साँस्कृतिक कार्यक्रमकाे आयोजना गरिएकाे थियाे ।

कार्यक्रममा बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका सल्लाहकार संयोजक युवा नेता जनक सिंह धामीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । उक्त सांस्कृतिक कार्यक्रमको सहजीकरण भने स्वास्थ्यकर्मी निलम भट्ट चन्दले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *