पूर्वप्रधानमन्त्री प्रचण्ड शनिबार कञ्चनपुर आउने

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) शनिबार कञ्चनपुरको पुनर्वास आउने भएका छन् । पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड पाैष १३ गते शनिबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ टाउन बजारको खुलामञ्चमा आउन लागेका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा माओवादीले भ्रष्टाचार बेथिति बिरुद्धमा गर्न लागेको खबरदारी सभालाई  सम्बोधनका लागि अध्यक्ष प्रचण्ड पुनर्वास आउन लागेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य अमर चाैधरीले बताए ।

चाैधरीका अनुसार माओवादी केन्द्रले ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सकल्प’ भन्ने मूल नारा अघि सारेर सरकारलाई खबरदारी गर्नका लागि १३ पाैषमा कञ्चनपुरको पुनर्वासमा वृहत् कार्यक्रम तय गरिएको छ।,

यस्तै बेलाैरीका मेयर एवम् माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य पाेतीलाल चाैधरी संगकाे कुराकानीमा -“पार्टीका श्रद्देय अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु फिल्डमा खटिएकाे बताए ।,

माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टी अध्यक्ष प्रचण्ड पुनर्वास आउने भएपछि तयारी तिव्र चरणमा अघि बढेको जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *