कञ्चनपुरकी नेतृ माया नेगी खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर,-कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । मंसिर २८ र २९ गते काठमाण्डौँमा सम्पन्न भएको खानेपानी तथा सरसफाई महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

नेगी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएको खानेपानी तथा सरसफाई महासंघ नेपालले जनाएको छ । खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी माया नेगीले समग्र खानेपानीको समस्या पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने प्रतिबद्धता जाहेर गरेकी छिन ।

अधिकारकर्मी समेत रहेकी नेतृ नेगी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य पनि हुन । उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ताकी पुर्व कोषाध्यक्ष रहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *