कञ्चनपुर -सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका छन्। उनी कञ्चनपुरकी भावना विष्टसँग वैवाहिक बन्धनमा बाँधिएका हुन्।
काँग्रेस राजनीतिमा हाेमिएका मन्त्री थापा अविवाहित थिए। उनले विवाह नगरी यसअघि अविवाहित बसेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बताए। नेपाली कांग्रेसका नेता थापाको २०१६ चैत १ गते बैतडीको दशरथ चन्द नगरपालिकामा जन्म भएको थियो।

हाल उहाँ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका छन्। थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

