महेन्द्रनगर मदन चोकका २२ सटर नबनाउन ५ राजनीतिक दल र ८ संगठनको एक मत

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -पाँच राजनीतिक दलको भीमदत्त नगर कमिटीले मदन चोकका २२ सटर भत्काएको स्थानमा फुट निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।

भीमदत्त नगरपालिकाले फुटपाथ निर्माण कार्य सुरु गरी अचानक स्थगित गरेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले बुधबार संयुक्त विज्ञप्ति जारी फुट निर्माण कार्य अघि बढाउन माग गरेका हुन् ।

पाँच दलले नगरपालिका कार्यालय आफैंले निर्देशन दिएर सुरु गरेको फुटपाथ निर्माण कार्य स्थगित गर्नका लागि कार्यालयबाट सूचना सार्वजनिक गर्ने कार्य भत्र्सना योग्य भएको ठहर गरेका छन् । ती दलले २२ सटर भत्काइएको स्थानमा फेरि सटर नबनाउन एक हुँदै,

फुटपाथ बनाउनु भीमदत्त नगरपालिकासित आग्रह गरेका छन् ।भीमदत्त नगरपालिकाले सार्वजनिक सूचना गरी २२ सटर निर्माण प्रक्रिया थालेपछि माओवादी केन्द्र सहित दलका युवा विद्यार्थीहरुले पनि विरोध जनाएका छन् ।

युवा विद्यार्थीले लगातार विरोध गरी दबाव दिएपछि केही दिन अघि फुटपाथ निर्माण सुरु गरिएको थियो ।नगरपालिकाले अचानक फेरि निर्माण कार्य स्थगिन गर्न सार्वजनिक सूचना गरेपछि युवा विद्यार्थीसंगै राजनीतिक दल संयुक्त रुपमा विरोधमा देखिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *