रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे लालझाँडी गाँउपालिका वडा नम्बर- १ बिनवारी गाँउमा वडायक दम्पती हत्याकाे आरोपमा साेहि ठाउँका एक जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेकाे छ । लालझाडी विनवारीका बर्ष ४६ का रामेश्वर वडायक र उनकि बर्ष ४३ कि कमला वडायककाे हत्यामा संलग्न मुख्य अभियुक्त लालझाडि २ का गंगाराम रानालाई प्रहरी पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले गत महिना कार्तिक ८ गतेका दिन लालझाडी गाउँपालिका १ बिनवारीका मदिरा बेचविखन गर्दै आएका बडायक दाम्पत्ती हत्यामा संलग्न गंगाराम रानालाई पक्राउ गरिएकाे बताउनु भयाे ।
उनले भने “रानालाई मंसिर १९ गते बुधबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छाै, रानाले हत्या आफैले गरेकाे बारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत स्वीकार गरेका छन् ।”

वडायक दम्पत्तीकाे बीभत्स पुर्वक हत्या भएकाे झण्डै ४१ दिनपछि अनुसन्धान गर्दै जादा गंगाराम पक्राउ गरेका हुन । कार्तिक ८ गते राती वडायक दम्पतीकाे हत्या भएकाे थियाे ।तर हत्या भएकाे बारेमा कार्तिक ९ बिहान मात्रै बडायक दाम्पत्ती मृत फेला परेका हुन ।
घटना पश्चात कञ्चनपुर प्रहरीले साेहि दिन देखि विभिन्न काेणबाट हगन अनुसन्धान थाले पश्चात् शंकाकाे घेरामा रहेका गंगा रामकाे बयान लिदै जाँदा वडायक दम्पतीकाे हत्या आफैले गरेकाे उनले स्वीकार गरेकाे कञ्चनपुर प्रहरी प्रबक्ता जाेशीले बताए । उहाँका अनुसार राना आफु एक्लैले हत्या गरेको बयान दिएपनि प्रहरीले घटना बारे थप अनुसन्धान भईरहेकाे छ ।
कञ्चनपुर प्रहरी प्रबक्ता जाेशीले भने “बडायक दाम्पत्तीले गंगा रामलाई गाली गरेपछि रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेपश्चात उनकी श्रीमतीको पनि हत्या गरेको रानाले प्रहरी समक्ष स्वीकार गरेका छन् ।” साे गाउँमा वडायक दम्पतीकाे हत्या भएपश्चात गाउँनै त्रासमय बनेकाे थियाे ।

