कञ्चनपुर/१९ मंसिर-कञ्चनपुरका युवा विद्यार्थीले भीमदत्त नगरपालिका ४महेन्द्रनगर मदन चोकमा फुटपात निर्माण गर्न नरोक्न स्थानीय भीमदत्त नगरपालिका सरकारसंग अनुरोध गरेको छ । बुधबार जिल्लामा कृयाशिल विभिन्न राजनीतिक दल निकट युवा विद्यार्थीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै मदन चोकमा फुटपात निर्माण गर्न नरोक्न स्थानीय भीमदत्त नगरपालिका सरकारसंग अनुरोध गरेको हो ।
वाईसिय कञ्चनपुर इन्चार्ज भुवन कुँवर, रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशी, युवा संघ नेपालका सचिव सरोज विष्ट, क्रान्तिकारी यवाका संयोजक भुवन भट्ट, अखिल क्रान्तिकारीका अध्यक्ष दल बहादुर धामी(अबिरल), राप्रपा
निकट विद्यार्थी संगठनका अध्यक्ष प्रेम रावल, अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर, अखिल क्रान्तिकारीका सचिव सुरेश भट्ट र हालै सम्पन्न भएको भीनपा ६ वडाध्यक्षका उम्मेदवार थानेश्वर प्रशाद भट्टले संयुक्त प्रेस नोट जारी गर्दै विकास बिरोधी काम नगर्न आग्रह गरेका हुन ।
युवा विद्यार्थीले पालिकामा समेत गएर यथाशिघ्र काम शुरु गर्न दवाव दिएका छन । यस अघि सडक निर्माण गरेर फुटपात निर्माण कार्य गर्न नसकेको एडिबीले उक्त स्थानमा फुटपात निर्माण शुरु गरेपछि भीमदत्त नगरपालिकाले मंगलबार निर्माण कम्पनीलाई पत्राचार गरेपछि युवा विद्यार्थी आक्र्रोसित भएका छन ।
उनीहरुले ठुला बडाका घर सडकमा पर्दा समेत बचाउने कार्यबाट पालिका विकास बिरोधीकै रुपमा देखिएको दावि गरेका छन । उक्त आन्दोलनमा स्थानीय सत्ताधारी काँग्रेसका युवा विद्यार्थी पनि सहभागि भएका छन । भीमदत्त नगरपालिका स्थानीय सरकारले भने, २२ सटरको विषयमा सर्वदलिय बैठकबाट निर्णय लिनुपर्ने भएकाले काम हाललाई स्थगित गरिएको जनाएको छ ।
विज्ञप्ति


