बेलडाँडीबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाबाट एक भारतिय नागरिक सहित २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् । आइतबार बेलडाँडी गाउँपालिका वडा नम्बर ३ बैवाहाकाे ३२ नम्बर पिल्लर  नजिकबाट भारत टाटरगन्जका चुम्मन सिंह र बेलडाँडी २ का सन्दिप शाहि ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएकाे प्रहरीकाे गस्ति टाेलिले शंका लागि चेकजाँच गर्दा उनीहरूकाे साथबाट १३.३९ ग्राम खैराेहिराेईन (ब्राउन सुगर) सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

उनीहरूलाई साेमबार जिल्ला अदालतबाट दश दिनकाे म्याद थपेर अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक उमेश जाेशीले जानकारी दिनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *