भीमदत्त ६ उप निर्वाचन: दलले पत्याएन महिला नेतृ पुरुष भन्दा महिला मतदाता बढि तर, उम्मेदवार पुरुष मात्रै, महिला सुन्य

मुख्य खवर राजनीति विशेष समाचार

डिल्लीराज पन्त/कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि १६ मंसिरमा निर्वाचन हुँदैछ । रिक्त वडाध्यक्ष पदपूर्तिका लागि निर्वाचन आयोगले भीनपा ६मा उप निर्वाचन गर्न लागेको हो ।

वडाध्यक्षका लागि १० राजनीतिक दल र २ स्वतन्त्र गरेर १२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएसंगै चुनावी मैदानमा होमिएका छन ।

दलहरुले महिला नेतृ नपत्याएपछि सबै उम्मेदवार पुरुष मात्रै अघि सारेका छन । अरुबेलना महिला, दलित, जनजाती, आदिवासी,महिला विछडीको क्षेत्रको चर्चा भाषणाबाजी गर्ने दल, तिनका नेताहरुले यस पटक पुरुषै पुरुष उम्मेदबार अघि सारेका छन । पुरुष मतदाता भन्दा महिला मतदाता बढि भएको उक्त वडामा सबै दल र स्वतन्त्रबाट समेत पुरुष मात्रै उम्मेदवार देखिएपछि महिलावादी निरास भएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार ५ हजार, ४३४जम्मा मतदाता रहेका छन । जसमध्ये २ हजार, ७सय ६९ महिला र २ हजार ६सय ६५ पुरुष रहेका छन ।
महिला भन्दा पुरुष मतदाता १०४ले बढि भएपनि कुनैपनि दलले महिला उम्मेदवार अघि सारेका छैनन । यसको मतलब महिला नेतृ भएर वा महिलालाई विश्वास नगरेले उम्मेदवार नबनाएका हुन, दलहरुको फरक फरक धारणा दिईरहेको छ । भने,महिला अधिकारकर्मीले महिलालाई अझैपनि दलहरुले विश्वास नगरेको नेतृत्वमा पु¥याउन नचाहेको बताईरहेका छन ।
नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ सन्तोषी ऐर(साउद)ले महिला नेतृत्व स्वीकार गर्न नसक्दा पुरुषले मात्रै पाएको पाईन्छ । ‘हामीले पाटीभित्र महिला दिनुपर्छ भन्ने आवाज पनि उठान सकेन, उठाएरपनि त्यो अवस्था थिएन, ‘उनले भनिन, ‘महिला मतदात बढि भएको वडाले महिला उम्मेदवार हुन नसक्नु विडम्बना हो ।’ काँग्रेस नेतृ साउदले आगामी दिनमा महिलालाई समेत राजनीतिक रुपमा नेतृत्वमा पु¥याउन पाटीसग सहकार्य गरेर अघि बढ्ने बताईन । नेकपा एमाले कञ्चनपुर जिल्ला इन्चार्ज र अध्यक्ष महिला नेतृले हाकिरहेको एमालेले पनि महिला उम्मेदवार अघि सार्न सकेको छैन । एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज जोशीले पाटीदेखि हरेक चुनावमा महिला अघि सार्दै आएको बताए । ‘यस अघि पनि हामीले महिलालाई वडादेखि संघीय निर्वाचनमा अघि सारेका थियौँ, यस पटक परिस्थितिले यस्तै भयो, ‘उनले भने, ‘त्यो अनुरुप प्रतिस्पर्धा र जित्न सक्ने भए उठाउने थियौँ, अहिले पुरुष उम्मेदवारकै आवश्यकता देखिएकाले त्यही अनुरुप पुरुष अघि सारेका हौँ ।’ एमाले उपाध्यक्ष अवस्थीले महिलाको बृद्धि विकास, राजनीतिक रुपमा नेतृत्वमा पु¥याउन पाटीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताईन ।

नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले पाटीबाट महिला उम्मेदवार भन्दा पनि उत्पिडित दलित समुदायबाट उम्मेदबार अघि सारेको बताईन । ‘अन्य ठुलादेखि साना दलले उपल्ला समुदायबाट उम्मेदबार अघि सारे, कसैले पनि दलित समुदायलाई महत्व दिएन, त्यही भएर हामीले यस पटक दलित समुदायबाट उम्मेदवार अघि सारेका छौँ, आगामी दिनमा महिला उम्मेदवार पनि सार्दै जानेछौँ ।’ उनले १०दल मध्ये माओवादी मात्रै दलित समुदायको राजनैतिक, समाजिक, आर्थिक रुपमा उत्थान चाहेर उम्मेदबार नै अघि सारेको बताईन । माओवादीले दलित समुदाय अघि सारेसंगै सिङ्गो दलित समुदाय यतिबेला हर्षित भएको उनको भनाईछ ।
काँग्रेस, एमाले, माओवादीले जस्तै अन्य दलहरुले समेत परिस्थिति अनुरुप महिला उम्मेदवार उठाउन नसकेको भन्दै आएका छन । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले वडाध्यक्ष पदकाका लागि १२जनाले उम्मेदवारी दर्ता गराएको बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार स्वतन्त्र तर्फ थानेश्वर लेखक, युवराज चन्दले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेसका प्रकास बहादुर चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्र नानाराम कोली, नेकपा एकीकृत समाजवादी जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपाका) रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीका शुशिल कुमार भट्ट, नागरिक उन्मुक्ति पाटी हरिश डगौरा, जनमत पाटीका यादव बहादुर चन्द, राप्रपा नेपालका दिल बहादुर धामी, नेपाल मजदुृर किसान पाटी(नेमकिपा)का दल बहादुर धामीले उम्मेदवारी दर्ता गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *