स्थानीय तह उप निर्वाचन: भिमदत्त ६ मा २ स्वतन्त्र सहित १० दलका उम्मेदवारकाे उम्मेदवारी दर्ता

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे भीमदत्त नगरपालिका ६ नम्बर वडामा हुने उप निर्वाचनका लागि दुई स्वतन्त्र सहित १० दलले उम्मेदवार अघि सारेका छन । भीनपा ६को वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० राजनीतिक दलले उम्मेदवार अघि सारेका हुन ।

निर्वाचन आयोगले रिक्त रहेको भीनपा ६ वडाध्यक्षका लागि गर्न लागेको निर्वाचन कार्य तालिका अनुरुप आइतबार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले वडाध्यक्ष पदकाका लागि १२जनाले उम्मेदवारी दर्ता गराएको बताए ।

मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार स्वतन्त्र तर्फ थानेश्वर लेखक, युवराज चन्दले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेसका प्रकास बहादुर चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्र नानाराम कोली, नेकपा एकीकृत समाजवादी जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपाका) रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पाटीका शुशिल कुमार भट्ट, नागरिक उन्मुक्ति पाटी हरिश डगौरा, जनमत पाटीका यादव बहादुर चन्द, राप्रपा नेपालका दिल बहादुर धामी, नेपाल मजदुृर किसान पाटी(नेमकिपा)का दल बहादुर धामीले उम्मेदवारी दर्ता गराएका हुन ।

राजनीतिक दलहरुका स्थानीयदेखि केन्द्रीय नेता कार्यकर्ताहरुको उपस्थितिमा उम्मेदबारी दर्ता गराएका छन । सत्ताधारी नेकपा एमाले र काँग्रेसका उम्मेदवारचन्दद्व काका भतिजा हुन । एमालेबाट बहादुर चन्द शान्ति निकेतन माविका पुर्व प्रद्यानाध्यापक र काँग्रेसबाट प्रकास बहादुर चन्दले नेवि संघबाट काँग्रेसी राजनीतिमा होमिएका युवा हुन । नेकपा माओवादीका उम्मेदवार नानाराम कोली दलित समुदयाका अभियन्ता हुन ।

राप्रपाका उम्मेदवार भट्टले लगातार तेस्रो पटक टिकट पाएका छन । यस अघि पनि ०७४ र ०७९ मा दुई पटक उम्मेदवार भएका थिए । पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाका उम्मेदबार रामदत्त भट्ट शान्ति निकेतन माविका अध्यक्ष हुन ।

अधिवक्ता समेत रहेका नेमकिपा उम्मेदवार बोहरा यस पटक चुनावमा होमिएका छन । शिक्षा क्षेत्रमा समेत जोडिएका यादव बहादुर चन्द जनमत पाटीका तर्फबाट चुनावी मैदानमा होमिएका छन । राप्रपा नेपाल, नाउपाले पनि उम्मेदबार अघि सारेको छ । महिला २ हजार ७६९, पुरुष २ हजार ६६५ गरेर जम्मा ५ हजार ४३४मतदाता रहेका छन । उम्मेदवारी दर्ताकै दिनदेखि आचार संहिता लागु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *