बैतडीकाे डिलाशैनीमा शाेक विदा

मुख्य खवर राजनीति विशेष समाचार

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ ।  दार्चुलाको मालिकार्जुन मन्दिरको जात्रामा सहभागी भएर फर्किरहेका दर्शनार्थीहरु चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेकाे हाे ।

उक्त दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिकाका २ जनासहित ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस दुखद घडीमा आज एक दिन गाउँपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *