कञ्चनपुर-दार्चुलामा जात्राबाट फर्किरहेका यात्रु सवार जिप दुर्घटना भएको छ । विहिबार राति शैल्यशिखर नगरपालिका–६ मा म १ ज ३३८ नम्बरको जिप दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप शुक्रबार बिहान दुर्घटना परेको छ।
जिपमा १३ यात्रु सवार रहेको खुलेको छ। दुर्घटनामा परेर कम्तिमा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए।
गोकुलेश्वर अस्पताल ल्याउने काम भइरहेकोले अस्पताल पुगेपछि मात्रै मृतक यकिन र सनाखत हुने छ।
मालिकार्जुन–३ मडमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट सय मिटर तल खसेको हो।

