रमेश प्रशाद भट्ट/कञ्चनपुर-प्रहरीले यस बर्ष ०८१ दशैँ, दिपावलका बेला सुदूरपश्चिम प्रदेशबाट ३ सय ९६ जुवाडे पक्राउ गरेको छ ।

प्रहरीले ५० दिनको अवधिमा ३सय ९६ जुवाडेबाट २९लाख बढि रकम बरामद गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार १असोजदेखि चाँडवाड सुरक्षा योजना लागु भएपछि २० कार्तिकसम्मको अवधिमा प्रदेशका ६ जिल्लाबाट जुवाडे सहित जुवाखालबाट नगद रकम, तास बरामद गरेको जनाएको छ ।

प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुप प्रदेश कैलाली, कञ्चनपुर,डडेल्धुरा, अछाम,बझाङ्ग र डोटीबाट जुवाडे पक्राउ गरिएका छन । भने, दार्चुला, बैतडी र बाजुराबाट एक जुवाडेपनि पक्राउ परेका छैनन् । प्रहरीकै तथ्याङ्क अनुसार पनि उक्त तीन जिल्लामा जुवा नै नहुने देखिएको छ ।
सबैभन्दा बढि कैलालीबाट जुवाडे पक्राउ परेका छन । १८४ जुवाडेबाट ११ लाख, ९ हजार ९०८ रुपैया, कञ्चनपुरबाट १५९ जुवाडेको साथबाट ११ लाख, ९० हजार, ४५२ रुपैया, डडेल्धुरा २८ जुवाडेको साथबाट ४ लाख, ४१ हजार, ८६९रुपैया, डोटी १२ जुवाडेको साथबाट १२हजार, ८१०, अछाम ९ जुवाडेको साथबाट ८६ हजार, ८५ र बझाङ्ग ५ जुवाडेको साथबाट ६६ हजार, १३०रुपैया बरामद गरेको छ ।
प्रदेश प्रहरीकै तथ्याङ्क अनुसार कैलाली र कञ्चनपुरमा बढि जुवा हुने गरेको देखिएको छ । कञ्चनपुर, कैलाली प्रहरीले दशैँ, तिहारका बेला सकृयतापुर्वक जहाँ जुवा खाल त्यही एक्सनमा उत्रिएको थियो । कुखुराको बाँझोखोरदेखि आलिसान महलबाट जुवाडे पक्राउ परेका थिए । पक्राउ गरिएका जुवाडेमाथि कार्बाही गरिएको प्रहरीले जनाएको छ ।

