भीमदत्त-६ मा वडाध्यक्षका लागि काँग्रेसबाट प्रकाश चन्द उम्मेदवार

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर/१३ कार्तिक-आगामी १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारको टुङगो लगाएको छ । सत्ताधारी काँग्रेसले वडाध्यक्षका लागि काँग्रेस कञ्चनपुरका युवा नेता प्रकास बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशब बहादुर चन्दले वडासभापति समेत रहेका प्रकास बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।

‘वडाबाट सिफारिस भई आएका उम्मेदवार मध्ये अहिले प्रकास बहादुर चन्दलाई पाटीले उम्मेदवार बनाउने निर्णय गरेको छ, ‘उनले भने, ‘अब उम्मेदवार टुङगोसंगै जनतामाँझ जान्छौँ ।’ काँग्रेस निकट नेवि संघ कञ्चनपुरका नेता समेत रहेका प्रकास चन्द युवा प्रभावशाली विवादरहित स्वच्छ छविवाला नेताकै रुपमा परिचित रहेका छन ।

०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको गत बर्ष निधन भएसंगै निर्वाचन आयोगले भीनपा ६ मा रिक्त स्थानमा उप निर्वाचन गर्न लागेको छ । काँग्रेसले यस अघिकै बिरासत जोगाउने प्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *