रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको सेवा प्रवाहमा सुधारात्मक ढंगले नयाँपनका साथ प्रशासनिक सेवा दिन थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकलाई सहजताका लागि कार्यालयबाट गरिने काममा सरलिकरण र विना झ्न्झड समयमैे सेवा दिन पछिल्लो समयमा प्रशासनिक सेवामा नविनतम ढंगले काम गर्दे आईरहेको पाईएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाका अनुसार पछिल्लो समयमा नागरिकको सेवामा थप सुधारात्मक ढंगले सेवामा नयाँपनका साथ कार्य गरिरहेको बताउनु भएको छ ।
उनले भने “हामिले २०७६ साल देखि यताका छिन्न बाँकी रहेका प्रशासनमा परेका ३ सय मुद्धामा २ सय ८० मुद्धा एकै महिनामा फछ्ेयौट देखिन राष्ट्रिय परिचय पत्र बनाउन, वितरण, नागरिकताको सेवामा उकृष्ट ढंगले सेवा प्रवाह गरिरहेका छौ ।”

‘बर्षे देखि फैसला हुन यति धेरै बाकि मुद्धाका काम हामिले एकै महिनामा फछ्ेयौट गर्यौ’, उनले भने ‘नागरिकले पाउने सेवामा ढिलाई गर्नु पनि अन्याय जस्तै हो, त्यसैले ठाउँको ठाउँनै प्रशासनिक सेवा दिन सक्यो भने नागरिकलाई न्याय पनि मिल्छ काम गरेको अनुभुति पनि हुन्छ, त्यसै अनुरुपम हामिले कार्य गदै आएका छौ ।’
कार्यालयमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग लगायत नियामक निकायका उजुरी र गुनासाहरुको फछ्ेयौट पनि सय प्रतिशत कार्यभएको उनको भनाई छ ।
कार्यालयकाे आन्तरिक २०८०/०८१ सम्मको बेरुजु पुर्ण रुपमा फछ्ेयौट गदै जिल्ल्लाका सबै वडा कार्यालयहरुबाट नयाँ नागरिकताका लगी अनलाईन सिफारिसलाई अनिवार्यतामा पुर्ण रुपमा कार्यान्वयन समेत गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।
प्रशासनले नागरिकको सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र वितरण दर्तामा लाईनमा बस्नु नपर्ने व्यवस्था मिलाउनुका साथै बृद्ध, अशक्त र गर्भवती महिलाका लागि छुट्टै बस्ने व्यवस्थापन समेत मिलाईएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटका अनुसार सेवा लिन आउने सि.न. १ देखि ८ सम्मका आधार कारणले सेवा प्रवाहमा नयाँपन बनाउदै सेवाग्रहीहरुको गुनासोको सम्बोधन गरेर कार्यालयबाट गरिने थुप्रै कार्यहरुमा सरलिकरण बनाएको बताउनु भयो ।
पछिल्लो समयमा देशैभरका जिल्ला प्रशासनहरुमा सेवा प्रवाहको कार्यसम्पादन मुल्यांकनमा पहिलो त्रेमासिकमा पहिलो स्थानमा आउने अपेक्षाका समेत रहेको प्रजिअ सापकोटाको भनाईछ ।
केहि समय अघि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको संख्या ह्ववात्तै बढेकाे थियो भने अहिले उक्त सेवालाई सबै स्थानिय तहबाट हुने व्यवस्थापन मिलाईएको छ । अहिले नागरिकता, पासपोर्ट लगायत अन्य प्रशासनमा सेवा लिन आउने सेवाग्रहीले समयमै सेवा पाउदा नागरिकलाई निकै सहज भएको पाईन्छ ।

