बेदकोट ८ गैलनदीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुन लागेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदी गाँउमा पहिलो पटक बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । नेपाल बुद्धिचाल महासंघ, काठमाण्डौँ स्पोटर््स एकेमेडी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा ३ कार्तिक (शनिबार)देखि सुप प्रदेशमै पहिलो पटक बुद्धिचाल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

गैलनदीको बैजनाथ माध्यामिक विद्यालयमा हुने बुद्धिचाल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । काठमाण्डौँ स्पोटर््स एकेमेडीका अध्यक्ष एव प्रतियोगिता संयोजक नारायण दास गमालले एकै पटक तीन÷तीन प्रतियोगिता हुन लागेको बताए ।

अध्यक्ष गमालले सुप कञ्चनपुर बेदकोट नगरको ८ नम्बर वडामै तीन विद्यामा प्रतियोगिता हुन लागेको बताए । उनका अनुसार प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुन लागेको छ । ‘तेस्रो नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६०मिनेट, प्लस ३०सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ, ‘उनले भने, ‘¥यापिड स्विस लिगकै १५मिनेट प्लस १० सेकेण्ड प्रति चालको ९ राउण्ड र ब्लिट्ज स्वस लिगकै ३मिनेट प्लस २ सेकेन्ट प्रति चालको ९ राउण्डमा हुनेछ ।’

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनशीपको प्रथम पुरस्कार २५ हजार सहित २० खेलाडीलाई ८३ हजार ५सय, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीपमा प्रथम पुरस्कार ३० हजार सहित अन्य २० खेलाडीलाई १लाख ३१ हजार ५सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ्ग बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार सहित २५ खेलाडीलाई २ लाख ५५ हजार नगदका साथै प्रमाणपत्र मेडल उपलब्ध गराईनेछ । प्रतियोगिताका ६५ खेलाडीलाई ४लाख, ७० हजार नगद पुरस्कार वितरण गरिनेछ ।

अनलाईन मार्फत सहभागितका लागि आब्हान गरिएको प्रतियोगितामा हालसम्म ७०खेलाडीले नाम दर्ता गराएका छन । एकै खेलाडीले तीनै प्रतियोगितामा सहभागिता हुन पाउनेछन । प्रतियोगितामा सहभागि खेलाडीलाई निःशुल्क टिम दर्ता, बस्नेखाने व्यवस्था गरिएको छ ।

हंगेरी ओलम्पियाङ टोलीका खुल्ला तथा महिला समुहका सबै १० खेलाडी सहभागि हुनेछन, अधिल्लो संस्करको नेशनल च्पाम्पियनशीपका विजेता शिर्ष ३ खेलाडी र १ जना शिर्ष महिला गरी ४ सहभागि हुनेछन । हालकै उच्चतम ¥यापिड तथा ब्लिट्जरेटिङ भएका खेलाडीलाई १÷१ गरी ४ सहभागि हुनेछन ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष समेत रहेका गमालले व्यवसायिक खेलकुदको अवधारणालाई देशव्यापी रुपमै स्थापना गर्ने, बुद्धिचाल खेललाई विकेन्द्रीतकृत बनाउने, प्रतिभावान खेलाडी निर्माण गर्ने, खेलकुद पर्यटन विकासमा प्रर्बद्धन गर्दै, खेलकुद मार्फत राष्ट्रिय सद्भाव अभिबृद्धि गरी आपसी भाईचाराको सम्बन्धलाई अझै कसिलो बनाएर समाजवाद प्राप्त गर्ने लक्ष्य अघि सारेको छ ।

बुद्धिचाल महासंघका अध्यक्ष गमालले बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले उक्त प्रतियोगिताका आफ्नै वडामा गरिदिन प्रंस्ताव अघि सारेपछि सुविधासम्पन्न ठाँउ छाडेर ग्रामिण भेगमै कार्यक्रम गर्न लागेको बताए । उनले उक्त कार्यक्रम बेदकोट नपा ८मा हुन लागेको वडाध्यक्ष जोशीकै सकृयतामा हुन लागेको बताए ।

सह आयोजक समेत रहेको बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले गण्डकी यता बुद्धिचाल प्रतियोगिता नहुने अवस्थामा पहिलो पटक बेदकोट ८गैलनदीमा हुन लागेको प्रतियोगिता ऐतिहासिक भएको बताए । ‘हाम्रो वडा जिल्ला सदरमुकाम भन्दा नजिकै छ, तैपनि विकासका हिसाबले अभावै अभाव थियो, ‘उनले भने, ‘यो स्तरको प्रतियोगिताले समेत थप विकासमा आयास थपिदिएको छ ।’ बुद्धिचाल खेलुकदका माध्यमबाट वडाको विकासका साथै क्षेत्रकै खेलकुदप्रति आकर्षण बृद्धि हुने बताए ।

अध्यक्ष जोशीले यस अघि गाँउमा फुटबल, भलिबल, क्रिकेट जस्ता प्रतियोगिा हुने तर, बुद्धिचाल जस्तो प्रतियोगिता पनि हुन सक्छ र ?भन्ने भास्य समेत चिर्ने बताए । प्रतियोगिताले वडा, पालिका, जिल्ला र प्रदेशकै खेलकुद सहितका साँस्कृतिक धार्मिक क्षेत्रमा समेत आन्तरिक पर्यटन प्रर्बद्धन हुने बताए । अध्यक्ष जोशीले उक्त प्रतियोगिता उद्घाटनका लागि पुर्व प्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आउने बताए । ‘हामीले पुर्व प्रधानमन्त्री नेपाल सहित सोही वडाका गृहमन्त्री रमेश लेखक, कञ्चनपुरबाट प्रदेश, संघमा प्रतिनिधित्व गर्ने सबै सांसद, जनप्रतिनिधी, प्रदेश सरकार सहितका सबै क्षेत्रलाई आमन्त्रण गरेका छौँ ।’

प्रदेशमै हुन लागेको उक्त प्रतियोगिता गौरब भएकाले सबै क्षेत्रका सरोकारवालाले भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा आग्रह गरेका छन ।

सुदूरपश्चिम प्रदेशका पुर्व समाजिक विकामन्त्री लाल बहादुर खडकाले बुद्धिचाल प्रतियोगिताबाट प्रदेशको खेलकुदका विकासमा टेवा पुग्ने बताए । उद्घाटनकै दिनदेखि ७ कार्तिकसम्म संचालन हुने प्रतियोगिता ईतिहासमै पहिलो पटक जिल्लाको उत्तरी गैलनदी गाँउमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन । स्थानीयले समेत वडाध्यक्ष जोशीको सकृयतामा वडाको बृद्धिविकासदेखिका विभिन्न कार्यक्रम वडामा हुँदा आन्तरिक पर्यापर्यटनमा समेत टेवा पुग्ने बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *