कञ्चनपुरमा ६९औ प्रहरी दिवस मनाईयो, उत्कृष्ट कामगर्ने ९ प्रहरी सहित अन्य थुप्रै सम्मानीत

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/महेन्द्रनगर-कञ्चनपुरमा ६९ औ प्रहरी दिवस  मनाईएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित एक विशेष समारोहका विच प्रहरी दिवस मनाईएको हो ।

प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले लागु औषध सहितका समाज ध्वङस पार्ने गतिबिधी निरुत्साहितका लागि प्रहरीलाई समुदायले साथ दिनुपर्ने बताए । उहाँले भने “नागरिक पनि सादा पाेशाककाे प्रहरी भएकाले प्रहरीलाई कानुन विपरितका गतिविधिका बारेमा सथ्य सुचना सहित साथ दिएर अघि बढन सके समाजमा हुने अपराधिक कृयाकलाप नियन्त्रणमा अझ टेवा पुग्ने बताए ।”

कार्यक्रमका विशिष्ट अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकाेटाले प्रहरीले जनताकाे सुख दुखकाे सारथि भएर काम गर्दै आएकाे भन्दै नागरिक र प्रहरी विच नक र मासुकाे सम्बन्ध स्थापित भएकाे बताए । दिवसकाे अवसरमा उहाँले शुभकामना समेत व्यक्त गर्नु भयाे ।

६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा संगठनले तोके अनुरुप उत्कृष्ट काम गर्ने प्रहरीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले उत्कृष्ट काम गर्ने प्रहरीलाई थप कार्य क्षेत्रमा हौसला प्रदानका लागि नगद सहित सम्मान गरिएको बताए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहेका डिएसपी उमेश जोशी, प्रहरी सहायक हवल्दार निवास लुहार, प्रहरी निरीक्षक बीर बहादुर बोहरा, प्रहरीसहायक निरीक्षक महानन्द जोशी, प्रहरी बरिष्ठ हबल्दार दिपक बहादुर विष्ट, कृष्णदेव पन्त, प्रहरी हबल्दार सुरेन्द्र दमाई, जवानद्वय प्रेम बहादुर तिरुवा, पुष्पा भट्टलाई सम्मान गरिएको छ ।

यस्तै भलिबल प्रतियोगितामा प्रथम हुने टिम प्रहरी बरिष्ठ हबल्दार कृष्णदेव पन्त, हबल्दार प्रकास सिह रावल, सहायक हबल्दार हिक्मत सिह खाती, जवान भानसिह ठगुन्ना, धिरेन्द्र सिह धामी, उदिप बस्केल, जनक साउद रहेका छन । ब्याडमिन्टन डबल्समा डिएसपी उमेश जोशी, उदिप बस्केललाई पुरस्कार प्रदान गरिएको छ ।

निबन्ध प्रतियोगितमा लिटिल बुद्धका छात्र आयुस थापालाई नगद १० हजार सहित पुरस्कार प्रदान गरिएको छ । यस्तै बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशी, बेदकोट ६कै स्थानीय जनकराज जोशी, भानु टेन्ट हाउसका संचालक भानदेव जोशी, सिएन साउण्डका संचालक चोलानाथ भण्डारी, पुर्व प्रहरी नायब निरीक्षक धनीराम पनेरु, सहिद परिवार कुसुम चन्द, अमर प्रहरी भोजराज पन्तलाई मरोणाप्रान्त पुरस्कार प्रदान गरिएको छ ।

एसपी जोशीले पुरानै दरबन्दी अनुरुप न्यूनतम स्रोत साधनका बाबजुत पनि कञ्चनपुरमा प्रहरीले शान्ति सुरक्षाका क्षेत्रमा उल्लेख्यनिय काम गरिरहेको बताए ।

प्रहरी निरीक्षक जमुना जोशी (भट्ट) ले संचालन गरेको कार्यक्रममा जनप्रनिनिधी, सुरक्षा निकायदेखि सर्वसाधारणको सहभागिता रहेको थियो ।

तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *