महेन्द्रनगर-द्वन्द्व पीडित तथा एकल महिला बिकास केन्द्र महेन्द्रनगर कञ्चनपुरको १७ औं बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएकाे छ ।
साेमबार एक कार्यक्रमका माझ कार्यालयमा द्वन्द्व पिडित तथा एकल महिला बिकास केन्द्र महेन्द्रनगर कञ्चनपुरले १७औं बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको हाे ।

संस्थाका अध्यक्ष सीता बोहराको सभापतित्व एवं गै.स.समहासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मी बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रले जनाएकाे छ ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि बोहराले एकल महिलाको सशक्तीकरण, क्षमता तथा मर्यादा अभिवृद्धि गरी सामाजिकन्यायको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्नवर्गका महिलाको हित संरक्षण तथा प्रर्वद्र्धनको लागि विषम परिस्थिीतीमा पनि संस्थाले उल्ख्य कार्य गर्दैै आईरहेको बताउनुभयो ।

समाजमा रहेका कुरिति विसंगति लाई अन्त्य गरी अपराध न्युनिकरण गर्न आवश्यक पहलकदमी अगाडि बढाउने प्रतिबद्धता महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख जमुना जोशीले गर्नु भयो ।
उनले महिला हिंसा दिन प्रतिदिन बढीरहेका बेला महिलाले पनि सचेत हुनु जरुरी रहेको बताउनु भयो । साथै उक्त संस्थाको सहकार्यमा मनोसामाजिक समस्यामा परेका व्यक्तिलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
एकल महिलाहरुलाई सशक्तीकरण हुने अवसर आवश्यक भएको यसको लागी महिलाले आफ्नो हकहितका लागि एकीकृत भएर आवाज उठाउनु र आफू नै परिवर्तनको बाहक बन्नु आवश्यक रहेको संजीवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले बताउनुभयो ।
महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै एकल महिलाहरुलाई स-सम्मान पहिचानतथा परिर्वतनका बाहकको रुपमातयार गर्न समेत संस्था स्थापनाकाल देखी अग्रसर रहेको छ । बार्षिक उत्सवकाे अवसरमा विभिन्न क्षेत्रमा याेगदान गर्नुहुने पाँच जनालाई प्रशंसा पत्र सहित दाेसल्ला ओढाएर सम्मानित गरिएकाे संस्थाकि अध्यक्ष बाेहराले बताउनु भयाे ।

