कञ्चनपुर प्रहरीले विस्पाेटक पदार्थ र लागु औषध चेक गर्न गड्डाचौकीमा ‘सेरा र लिली’ कुकुर तैनाथ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर-भारतसंग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीमा सेरा र लिली तैनाथ गरिएका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी नाकामा सेरा र लिली नामका कुकुर तैनाथ गरिएका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबारदेखि गड्डाचौकी नाकामा कुकुर मार्फत चेकजाँच शुरु गरेको छ । नेपाल प्रहरीको कुकुर तालिम केन्द्र धनगढी मार्फत ह्याण्डल सहित आएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रमुख प्रमुख एसपी चक्रराज जोशीले भारतबाट लागु औषधदेखि पटाका सहितका बिस्पोटक पदार्थ भित्रिन नदिन दुई कुकुर परिचालन गरिएको बताए ।

एसपी जोशीले चार्डवार्ड नजिकिएसंगै बाह्य मुलुकबाट लागु औषधदेखि बिस्पोटक पदार्थ भित्रिने जोखिम बढेकाले लागु औषध र पटाका सहितका बिस्पोट पदार्थ पहिचानका लागि कुकुर परिचालन गरिएको बताए । विगतका बर्षहरुमा पनि प्रहरीले गड्डाचौकीमा तिहारका बेला सवारी साधन सहित यात्रुका सर समान चेकजाँच कुकुर परिचालन गर्दैै आएको छ ।

‘कुकुर मार्फतै प्रहरीले गैर कानुनी गतिबिधी नियन्त्रण गर्नेछन, ‘उनले भने, ‘यसबाट हामीलाई शान्ति सुरक्षा कायमका लागि मदन पुग्नेछ ।’ एसपी जोशीले चार्डवार्ड सुरक्षाका लागि कञ्चनपुरमा ८ सय १५ प्रहरी परिचालन गरिएको बताए ।

जिल्लाको महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, त्रिभुवनबस्ती, बेलौरीमा नागरिकता सहायता कक्ष समेत राखिएका छन । ‘हामीले तिहारका बेला नागरिक सहायता कक्षदेखि जिल्लाभरी ट्राफिक चेकजाँच बृद्धि गरेका छौँ, ‘एसपी जोशीले भने, ‘जिल्लाभरी शान्ति सुरक्षा कायम गर्न गराउन सबै स्थानमा प्रहरी तैनाथ गरिएका छन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *