सुडा चाेकमा स्कुटर दुर्घटनामा परी २३ बर्षिया युवक भट्टकाे मृत्यु

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे बेदकोट नगरपालिका–७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्डमा अनियन्त्रित भएर स्कुटी खसेको हो।

दुर्घटनामा परेर मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट छन्। भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्डमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घाइते भुवनलाई उपचारका लागि महाकाली अस्पताल पुर्याउँदा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटर चालक खेमराज घाइते छन्। उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड ग असार तेस्रो साता आएको बाढीले भत्किएको थियो।

त्यहाँ कल्भर्ड अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ। स्कुटी राजमार्गबाट सीधै कल्भर्डमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *