बेलाैरीबाट खैराे हिराेईन सहित एक भारतीय नागरिक पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर/कञ्चनपुर- लागु औषध खैराे हिराेईन सहित बेलाैरीबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । साेमबार ईलाका प्रहरी कार्यालय बेलडाँडीकाे प्रहरी गस्तिले बेलाैरी नगरपालिका-१० सडकघाटबाट खैराे हिराईन सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा भारतकाे पिलिभित हजराथानाका गुड्डु नाम भएका व्यक्तिकाे साथबाट ३ ग्राम ३५ मिलिग्राम लागु औषध खैराेहिराेईन सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिमाथि कानुनी कार्वाहि अगाडि बढाएर थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपि चक्रराज जाेशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *