भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहित प्राविधिक टोलीलाई लिएर बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावल

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरत कुमार बम नेतृत्वको प्राविधिक टोलीले कञ्चनपुरको दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
शुक्रबार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को १८ नम्बर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो।

जोगबूढा नदीको कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधिसहित प्राविधिक टोलीले निरीक्षण गरेको छ। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल र आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की पनि बाढीग्रस्त क्षेत्रको निरीक्षणमा पुगेका थिए।

प्राविधिक टोलीलाई बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गराएर समस्या समाधानका लागि अग्रसर बनाउन खोजिएको हो। जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण नहुँदा वर्षेनी कटान र डुबानको समस्या झेल्दै आएका छन्। असार तेस्रो साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रको पूर्वमुख्यमन्त्री रावल नेतृत्वको टोलीले यसअघि पनि निरीक्षण गरेको थियो।

निरीक्षण पश्चात् डुबान र कटानको समस्यालाई समाधान गर्न रावल सक्रिय छन्। प्रदेश सभा बैठकमै उनले बाढी र कटानको मुद्दा उठान गरेर सरकारको ध्यानाकर्षण गराएका थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे भेगमा पर्ने ब्रह्मदेव बजार डुबानको समस्या र खन्या खोलाको कटानको अवस्था निरीक्षण गर्न भोले प्राविधिकसहितको टोली त्यहा जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *