बेलौरी नगरका कर्मचारी रानाको परिवारलाई कर्मचारी संगठनद्वारा डेढलाख रकम सहयाेग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-कञ्चनपुर बेलौरी नगरपालिका स्व कर्मचारी नारायण रानाको घर परिवारलाई आर्थिक सहयोग गरिएको छ ।नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका सदस्य रानाको परिवारलाई डेढ लाख आर्थिक सहयोग गरिएको हो ।

हृदयघातका कारण निधन भएका रानाको परिवारलाई सदस्यता नबिकरण गरे बाफत् कर्मचारी संगठनले कर्मचारी कल्याण कोषबाट उपचार खर्च तथा मृत्यु भएमा १ लाख ५० हजार दिने व्यवस्था अनुरुप हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच रानाको परिवारलाई रकम हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले बताए ।

कार्यक्तममा प्रदेश महासचिव महादेब जोशी ,महाधिवेशन प्रतिनिधि राजेन्द्र बिष्ट जिल्ला अध्यक्ष मान बहादुर चन्द पालिका कमिटी अध्यक्ष संकर बोगटी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बेलौरी पालिका कमिटी अध्यक्ष बिजयराज जोशीको सभाध्यक्ष रहेको कार्यक्रम सचिव लक्ष्मण बुढाले सञ्चालन गरेका थिए । ०८१÷०८२ को सदस्यता नबिकरण भईरहेको र हालसम्म २५० जना कञ्चनपुर जिल्लामा कार्यरत कर्मचारीहरुले नबिकरण गरिसकेका र श्रावण २६ गते सम्म मात्र नबिकरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *