कञ्चनपुर– श्रमिक कम्युनिष्ट पाटी नेपालका केन्द्रीय संयोजक पूर्ण बहादुर सिहले नेपालमा थुप्रै संकट निम्तिएको बताएका छन । मेची महाकाली अभियानको सिलसिलामा कञ्चनपुर महेन्द्रनगर पुगेका श्रमिक कम्युनिष्ट पाटी नेपालका केन्द्रीय संयोजक पूर्ण बहादुर सिहले नेपालमा थुप्रै संकट निम्तिएको बताएका हुन ।
बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै श्रमिक कम्युनिष्ट पाटी नेपालकासंयोजक सिहले मुलुकमा उत्पन्न भएका सबै सकटको समाधान क्रान्तिको मात्रै बाटो भएको बताए । ‘अहिले मुलुकमा पुँजिवादले थुप्रै समस्या निम्तिएका छन, ‘आर्थिक, समाजिक, साँस्कृतिक लगायतका विवित समस्याले मुलुक घेरिएको छ,त्यसको समाधानका लागि क्रान्तिको विकल्प छैन ।’
सुन पहेलो भएपनि सबै पहिलो बस्तु सुन हुन नसक्ने र सबै कम्युनिष्ट पाटी भएपनि अरुजस्तो श्रमिक कम्युनिष्ट पाटी नभएको दावि गरेका छन । उनले विकृती, विसङगती हटाउन क्रान्तिको विकल्प नभएको बताए । जनताले समेत वास्तविक मुलुक र जनताको हितमा काम गर्ने नगर्ने कम्युनिष्ट पाटी पहिचान गर्नुपर्ने बताए ।

