कञ्चनपुर– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका २ कमलशाही टोलकी २६ बर्षिया हिरा कुमारी शाह(शाहु)को ज्यान लिने बाघ खोज्नका लागि हात्ती परिचालन गरिएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्र्रमणबाट दोधाराचाँदनी नगरपालिका २ चाँदनी कमलशाही टोलकी २६ बर्षिया महिला हिरा कुमारी शाह(शाहु)को मृत्यु भएको थियो । दोधाराचाँदनीकी महिला हिराको ज्यान लिने बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती परिचालन गरिएका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मनोज कुमार ऐरले बाघ खोज्नका लागि दुई हात्ती उखुबारीमा परिचालन गरिएको बताए । निकुञ्जका सुचना अधिकारी ऐरले मानिसमाथि आक्र्रमण गरेको हात्ती उखुबारीमै रहेकाले हात्ती परिचालन गरिएको बताए । ‘हामीले बाघ नियन्त्रण गर्नका लागि हात्तीसंगै संगै चिकित्सकको टोलीले डाग हानेर बेहोस बनाउँछ, ‘उनले भने, ‘बेहोस भएको बाघलाई नियन्त्रण लिन्छौँ ।’
निकुञ्जमा बन्यजन्तु नियन्त्रण, उद्दारका लागि जनशक्ति र स्रोत डागगन भएपनि औषधी नहुँदा बर्दियाबाट मगाएको बताए । ‘ठुला बन्यजन्तु बेहोस पार्नका लागि जताततै औषधी पाईदैन, ‘उनले भने, ‘हामीसंग पनि छैन, अहिले किटामनी र मेडिटोडिडिन) औषधी बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका छौँ ।’ गत बर्ष बेलौरी नगरपालिका ८ पचुईकी गंगा चन्द पनि घाँस काट्न उखुबारीमा गएका बेला बाघले आक्र्रमण गरेपछि बाघ खोज्न हात्ती परिचालन गरिएको थियो ।
आफ्नै धानबारीमा घाँस काटनेबेला उखुबारीमा लुकेर बसेको बाघले हिरालाई आक्र्रमण गरेको थियो । मृतक हिराकी जेठानी मिना शाहुले हेर्दा हेर्दै बाघले हिरालाई घाँटीमा समातेर उखुबारीमा लगेर मारेको बताईन । ‘दुई तिनदिन देखि गाँउमा बाघ आएको हल्ला थियो, केहीत देखेका रहेछन, हामीले हल्ला मात्रै सुन्यौँ, ‘उनले भने, ‘गाँउका सबै महिला घाँस काटन गए देउरानीपनि गईन, म खेतपुगेर घरासयी काममा धारामा पुग्दासम्म देउरानीलाई त्यहाँबाट उखुबारीमा लगिरहेको देखेर चिस्याए ।’
उक्त बाघ भारतीय पिलिभित टाईगर रिर्जब जंगलबाट नेपालमा आएको स्थानीय एव सरोकारवालाले अनुमान लगाएका छन । बाघले महिलाको ज्यान लिएपछि दोधाराचाँदनी नगरपालिकाले मृतक परिवारलाई किरिया खर्च बाफत ५० हजार सहयोग गर्ने निर्णय गरेकोछ ।
दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले विपद् व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई राहत स्वरुप पालिकाबाट नगद सहयोग गर्ने निर्णय गरिएर अनुरुप छिट्टै हस्तान्तरण र संघीय सरकारबाट पाउने राहतका लागि पनि पालिकाले पहल गर्ने बताए । स्थानीयले दिर्घकालिन रुपमा बाघ, हात्ती सहितले मानवबस्तीमै पुगेर गरिरहेको आक्र्रमण न्यूनिकरणमा जोडदिएका छन ।

