रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे दाेधारा चाँदनी नगरपालिका वडा नम्बर-२ मा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ ।
विहिबार विहान गाउँमा पसेकाे बाघले दाेधारा चाँदनी नगरपालिका वडा नम्बर २ कि अन्दाजी २३ बर्षिया हिरा शाहुकाे मृत्यु भएकाे हाे ।
विहान ९/१० बजेतिर घर नजिकैकाे उखुबारीमा घाँस काटन गएकि शाहुकाे बाघकाे आक्रमणमा परी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक उमेश जाेशीले बताउनु भयाे ।
उनका अनुसार “घटना भएकाे जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय दाेधारा चाँदनीकाे टाेली घटनास्थलमा पुगेर घर नजिकैकाे उखुबारीबाट मृतककाे शव प्रहरी र स्थानियकाे सहयाेगमा फेला पारेकाे बताए ।” मृतककाे टाउकाे, घाँटि र शरिरका अन्य ठाऊमा गहिराे घाउ देखिन्छ । अहिले घटनास्थलमा प्रहरी,सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी पुगेका छन् ।
बाघ गाउँमा पसेकाे जानकारी स्थानीयले अगावै थाहा पाएर सम्बन्धि निकायलाई खबर गरेपनि कनै चासाे नदेखाएकाले यस्ताे घटना हुन पुगेकाे स्थानीयहरूकाे भनाई छ । हिजाे बुधबार गाउँमा बाघ पसेकाे स्थानियले थाहा पाएका थिए ।
यस अघि बाघकाे आक्रमणमा परी कञ्चनपुरकाे बेलाैरी नगरपालिका १० कि एक महिलाकाे समेत मृत्युु भएकाे थियाे । यसरी जंगली जनावर गाउँमै पसेर आक्रमण गर्नथाले पछि स्थानिय त्रसित बनेका छन् ।

